हाल नेपालमा चार वायुको प्रभाव, आज यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आज दिउँसो पाँच प्रदेशमा मेघगर्जजनसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराईका भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्न सक्नेछ ।
हाल मुलुकमा पश्चिमी, स्थानीय, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसममा बदिली भइरहेको तथा वर्षा भइरहेको छ । चार वायुको प्रभावका कारण आज राति पनि कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत