२७ जनालाई हैजा पुष्टि, यी स्थानमा भेटिए बिरामी
हालसम्म काठमाडौं उपत्यकामा २७ जनालाई हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० वटा केस स्टूलकल्चर, १२ केस आरडिटी र ५ केसमा हडिङद्वारा हैजा पुष्टि भएको हो । अहिले ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
काठमाडौंको डिल्लीबजार, बोराटार, बुढानिलकण्ठ, कपन, डिल्लीबजार, बालाजु, खसीबजार कलंकी, ललितपुर सानेपामा हैजाका बिरामी भेटिएका छन् ।
असार २ गते डिल्लीबजारका एकै परिवारका २ जनालाई हैजा पुष्टि भएको थियो । हैजा पुष्टि हुनेहरुमा एक वर्ष उमेर मुनिकादेखि ६५ वर्षमाथिकासम्म छन् । सबैभन्दा धेरै १५ देखि २४ वर्षउमेर समुहका ९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानका पानीमा दिशामा पाइने इकौली जीवााणु भेटिएको छ । वर्षायाम रहेकाले पानीलाई बेस्सरी उमालेर पिउन डाक्टरहरुले अनुरोध गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत