चीनले थप २० लाख डोज कोभिड खोप दिने
अ +
अ -
चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार विहान भएको टेलिफोन वार्तामा विदेशमन्त्री यीले नेपाललाई थप २० लाख डोज खोप अनुदानमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
कुराकानीका क्रममा मन्त्री खड्काले कोरोना विरुद्धको लडाँइमा चीनले गरिरहेको सहयोगको लागि धन्यवाद दिनुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोपको सहकार्य, व्यापार, सिमा व्यवस्थापनका विषय लगायतका विषयामा दुई देशको मन्त्रीबीच कुरा भएको छ ।
दुवै मन्त्री दुई देशबीचको सम्वन्ध सुदृढ र सहकार्यका लागि तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाईँको अभिमत