काेराेनाकाे खाेप एयर इन्डियाकाे दिल्लि- काठमाडौं नियमित उडान मार्फत ११:४५ मा आइपुग्ने
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गराइएको एक वर्ष पुगेको छ । कोरोना भित्रिएको एक वर्षमा नेपालमा कोरोना विरुद्धको खोप केहीबेरमा भित्रिँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एयर इन्डियाको विमानबाट आएकाे काेरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले नेपाललाई हस्तान्तरण गर्नेछ ।
बिहान ६ बजेर ४० मिनेटमा मुम्बईबाट खाेप लिएर बिमान अहिले नयाँ दिल्ली पुगेकाे छ । नयाँ दिल्लीबाट बिहान १० बजे एयर इन्डियाकाे फ्लाइट नम्वर २१३ नियमित उडान मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान ११ : ४५ बजे अवतरण हुने कार्य तालिका रहेकाे विमानस्थलले जनाएकाे छ ।
उक्त खाेप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ती खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लगिने मन्त्रालयले जनाएको छ ।
टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ । स्वास्थ्य मन्त्रालयले यसअघि खोप भित्रिएको एक साताभित्र खोप लगाउने तयारी रहेको बताएको थियो । यद्यपी कुन दिनबाट खोप लगाउने भन्ने मिति तय भइसकेको छैन ।
भारतले १० लाख मात्रा कोरोना विरुद्धको खोप अनुदानमा दिएको छ । कोभिशिल्ड, सिरम इन्सिच्यूट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो ।
हेल्थपाटी
तपाईँको अभिमत