पीसीएल नर्सिङ कार्यक्रममा सिट निर्धारण, २८५ शिक्षण संस्थाले अध्यापन गर्न पाउने
अ +
अ -
चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका पीसीएल नर्सिङ कार्यक्रमका लागि सिट संख्या निर्धारण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा अनुगमन र मूल्याङ्कनसहित प्रस्तुत प्रतिवेदनको आधारमा यो निर्णय गरिएको हो।
हालसम्म आङ्गिक, गैरनाफामूलक (प्रतिष्ठान÷साझेदारी) र निजी क्षेत्रका गरी २८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई पनि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणको आवश्यकता बारेमा छलफल भएको थियो।
नर्सिङ शिक्षाको पहुँच विस्तार गर्न, गुणस्तर सुनिश्चित गर्दै कानुनी प्रक्रियालाई सहज बनाउने तयारीमा सरकार रहेको बैठकमा जानकारी दिइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत