नेपाल औषधि लिमिटेडले एन्टीबायोटिकसहित २० प्रकारका औषधि उत्पादन गर्दै
नेपाल औषधि लिमिटेडले यसै आर्थिक वर्षदेखि एन्टीबायोटिकसहित २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ ।
प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहाकार दिपेन्द्र खड्काले २० प्रकारको औषधि उत्पादनका लागि अर्थ मन्त्रालय मार्फत कम्पनीलाई चौबीस करोड अठहत्तर लाख बाह्र हजार तीन सय रुपैंया निकासा गरिएको जानकारी दिनुभयो । यसै महिनादेखि २० प्रकारका औषधि उत्पादनको तयारी भएको खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो फेजमा लिमिटेडले एजिथ्रोमाइसिन ५०० /२५० एमजी, मेट्रोनिडाजोल ४०० /२०० एमजी, मेट्रोनिडाजोल डीएफ ट्याब्लेट, अल्बेन्डाजोल ४०० एमजी, सिप्रोफ्लोक्सासिन ४०० /२५० एजमी, आइरन र फोलिक एसिड, फोलिक एसिड ५ एमजी ट्याब्लेट उत्पादन गरिनेछ ।
यी ट्याब्लेट मासिक ९५ हजार ट्याब्लेट उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै दोस्रो फेजमा प्रोभीडीन आयोडिन ५, प्रोभीडीन आयोडिन १०, पान्टाप्रोजोल ४०, रेन्टिाडाइन, टिनाडाजोल १०००/५००, पारासिटामोल सिपीएम पिइपी, मेटफोरमिन ५००/८५०,एटेनोलोल एम्लोडिपाइन, रामप्रिल ५, २.५ लेभोसेटिरजीन ५, लोसारटन के ५० /२५, एलोडिपाइन २.५, लेभोफेलोक्सासिन ७५०, क्याल्सियम भीट डी३ औषधि उत्पादन गरिनेछ ।
साथै तेस्रो फेजमा मास्क र ग्लोभ्स उत्पादन गरिने छ । जसमा मास्क मासिक ३ लाख पिस, ग्लोभ्स २ लाख पिस उत्पादन गरिने लक्ष्य राखिएको छ ।
२०२९ सालमा स्थापित लिमिटेडले ८ प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।
तपाईँको अभिमत