स्वास्थ्यमा सरुवा तथा जिम्मेवारी हेरफेर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहत रहेका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालय स्रोतका अनुसार थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशकलाई सरुवा गरिएको छ ।
प्रसुती अस्पतालकी निर्देशक डा. संगीता मिश्रालाई महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने उक्त अस्पतालको मेसुको जिम्मेवारी डा. अमिरबाबु श्रेष्ठलाई दिइएको छ । समन्वय महाशाखा प्रखुख रीता भण्डारी जोशीलाई जिम्मेवारी विहिन बनाइएको छ ।
यस्तै टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ भने टेकु अस्पतालको निर्देशकमा डा. मनिषा रावललाई ल्याइएको छ । हाल क्षयरोग केन्द्रका प्रमुख डा. तारा पोखरेललाई नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत