चीनले नेपाललाई थप ३ लाख मात्रा कोरोनाको खोप सहयोग गर्ने
अ +
अ -
काठमाडौं । चीनले नेपाललाई थप ३ लाख मात्रा खोप अनुदानमा सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यांकीले ट्वीट मार्फत थप ३ लाख मात्रा सहयोग गर्न लागेको जानकारी दिनुभएको छ ।
उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘कोरोना विरुद्ध लड्न नेपाललाई थप खोप सहयोग गर्ने निर्णय भएको छ ।’ यसअघि चीनले ५ लाख मात्रा खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
चीनमा सिनोफार्मद्वारा निर्मित खोप भेरोसेल खोप दिनेछ । उक्त खोप नेपलामा पनि आपत्कालिन प्रयोगको लागि अनुमति दिइसकिएको छ । यसअघि भारतले १० लाख मात्रा कोभिशिल्ड खोप सहयोग गरेको थियो ।
तपाईँको अभिमत