अस्ट्रेलियामा वृद्धालाई थप्पड हान्ने नेपाली नर्स पक्राउ

फोटो : ९ न्युजको भिडियोबाट
वृद्धाहरूलाई झापड हानेको अभियोगमा अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ पर्नुभएको छ ।
नेपाली नर्स अस्मिता पाण्डेलाई अस्ट्रेलियाको एक वृद्ध हेरचाह गृहमा रहेका वृद्धवृद्धालाई थप्पड हानेको आरोप लागेको ९ न्यूज अस्ट्रेलियाले जानकारी दिएको छ ।
वर्किङ भिसामा अस्ट्रेलियामा रहनुभएकी पाण्डे इप्पिङस्थित एस्टिया हेल्थ नामको स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्थ्यो।
९ न्यूज मा प्रकाशित खबर अनुसार पाण्डेले थप्पड हानेकोमा ९५ वर्षीया वृद्धा जोन मुरे समेत हुनुहुन्छ । उहाँलाई पाण्डेले थप्पड हान्नुका साथै धलेको पनि आरोप छ।
मुरेकी छोरीलाई उक्त वृद्ध हेरचाह गृहका अर्का सहयोगीले फोन गरेर घटना सुनाएपछि पाण्डेको हर्कत बाहिर आएको मुरेकी छोरीले बताएकी छिन् ।
रिता बल नामकी अर्की वृद्धालाई पनि पाण्डेले दुर्व्यवहार गरेको समाचारमा उल्लेख छ। ९ न्यूजका अनुसार गतसाल पक्राउ पर्नुभएकी नर्स पाण्डेविरुद्ध अहिले अदालतमा मुद्दा चलिरहेको छ ।
घटना थाहा भएपछि पाण्डेलाई कामबाट हटाएको र रोजगारी सम्झौता खारेज गरेको एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले बताए ।
एक वक्तव्य जारी गर्दै बिल्टनले माफी मागेका छन् । ‘हाम्रामा बस्नेहरुको सुरक्षा र कल्याण गर्नु हाम्रो पहिलो प्राथमिकता हो’ बिल्टनले भनेका छन्, ‘हामी हाम्रोमा बस्नेहरुलाई कुनै पनि प्रकारको दुर्व्यवहार दिँदैनौ वा दुर्व्यवहार भएको सहदैनौ।’
गर्भवती रहनुभएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ ।उहाँलाई मार्चमा सजाय सुनाइने ९ न्यूजको समाचारमा उल्लेख छ।
तपाईँको अभिमत