डेंगी संक्रमित बालबालिकालाई घरैमा कसरी हेरचाह गर्ने ? (भिडियो)

नेपालमा गएको २ महिनामा डेंगी संक्रमितको संख्या २८ हजार नाघिसकेको छ । ७५ दिनको शिशुलाईसमेत डेंगी संक्रमण भएको छ । हालका दिनहरूमा कान्तिबाल अस्पतालमा डेंगी शंकास्पद बालबालिको चाप धेरै छ । अहिलेको समयमा १०२ डिग्री वा सोभन्दा बढी ज्वरो आएका बिरामीमा डेंगीको शंका गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
शंकास्पद सबैको डेंगी परीक्षण गरिहाल्न पनि पर्दैन । यस्तै डेंगी पोजेटिभ देखिएका सबै बिरामी अस्पताल भर्ना पनि हुन पर्दैन । चिकित्सकहरूका अनुसार डेंगीको उपचार भनेको ज्वरो घटाउने औषधि र पोषिलो खानेकुरा खाने र खुवाउनेनै हो ।
कान्तिबाल अस्पतालको ओपिडीमा ल्याएका शंकास्पद बालबालिकामध्ये धेरै कमलाई मात्र अस्पताल भर्ना गर्न परेको वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरी चापागाईले जानकारी दिनुभयो ।
डेंगी संक्रमित बालबालिकाको अस्पताल भर्ना हुने दर निकै कम रहेको उहाँले बताउनुभयो । पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको संक्रमण भएको छ । उहाँका अनुसार गएको अगस्ट १ देखि हालसम्म १५४ जना बालबालिका डेंगी भई अस्पताल भर्ना भएका छन् ।
१०२ वा सोभन्दा माथि ज्वरो आए, आँखाको गेडी दुखेमा, शरीर तथा मांशपेशी दुखेमा, वाकवाकी लागेमा डेंगीको शंका गर्नुपर्छ ।लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगी लाग्नबाट बच्नु हो । डेंगीको लक्षण बालबालिका र वयस्क दुवैमा उस्तै देखिन्छन् ।
एक्कासी उच्च ज्वरो आउने, खाना मन नलाग्ने, शरीर दुख्ने, वाकवाकी लाग्ने, शरीरमा रातो डाबर आउनेजस्ता लक्षण डेंगी संक्रमणको हो । तर ज्वरो आइहाल्दैमा डेंगीको परीक्षण गर्नेपर्छ भन्ने पनि छैन ।
घरमै उपचार गर्न सकिन्छ ।
डा.चापागाईका अनुसार डेंगी लागेका बालबालिकाको पनि घरमा नै उपचार एवं हेरचाह गर्न सकिन्छ । बालबालिका र वयस्कमा डेंगीको असर फरक छैन । वयस्कको भन्दा बालबालिकाको हेरचाह घरमै गर्न सकिने उहाँ बताउनुहुन्छ ।
घरमानै ज्वरो घटाउने औषधि र झोलिलो एवं पोषिलो खानेकुरा खुवाएर आराम गराइ बालबालिकालाई डेंगी निको पार्न सकिन्छ । तर ज्वरो घटाउने नाममा जथाभावी आफुखुशी जुनपायो त्यही औषधि भने खुवाउन हुँदैन । जस्तै डेंगी भएका बालबालिकालाई पारासिटामोल र आइबु्रफिन मिसिएको औषधि खान दिनु हुँदैन । ज्वरो घटेन भनेर फार्मेसीबाट धेरै किसिमको औषधि ल्याएर खुवाएको पाइएको छ ।औषधि पसलबाट जुनपायो त्यही औषधि किनेर खुवाउन हुँदैन । ज्वरोको विभिन्न किसिमका औषधि पाइन्छन् र धेरै विक्रि हुने औषधि पनि ज्वरोकै हो ।
बिरामी एवं अभिभावकलाई ज्वरोको औषधिको नामै कण्ठ हुन्छ र ति औषधि मेडिकल पसलमा सजिलै किन्न पाइन्छ ।उनीहरूले नामै तोकेर औषधि माग्छन् तर डेंगी भएकाहरूले पारासिटामोलभन्दा बाहेक अन्य औषधि खान हुँदैन । ज्वरोको औषधि मागेऔषधि पसलेहरूले पनि बिरामीलाई के भएको छ भनेर सोधेर मात्र औषधि दिनपर्छ ।
ज्वरो घट्दै नघटे अस्पताल ल्याउनुपर्छ । अस्पताल ल्याएपछि रगत, रक्तचाप परीक्षण गरिन्छ । रगतमा देखिएको खराबीका आधारमा डाक्टरले भर्ना हुने नहुने तय गर्छन् ।
सतर्कता जरुरी
शंकास्पद डेंगी संक्रमित बालबालिकाको घरमा यदि कसैलाई डेंगी भएको छ भने विशेष सर्तकता अपनाउनुपर्छ । साथै बालबालिकाले खानै मन नगरे, खाएपछि वान्ता गरिरहे, आँखाको गेडी बेस्सरी दुखे, हातखुट्टा सुन्निने, शरीरमा डाबर देखियो भने त्यस्ता बालबालिकालाई तुरुन्तै डाक्टरको निगरानीमा राख्नुपर्छ ।
बच्ने उपाय
ठुला र साना दुबैलाई डेंगीको जोखिम उत्तिकै रहन्छ । दुबैलाई देखिने लक्षण पनि उही हुन्छ ।
लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगीबाट बच्ने एकमात्र उपाय हो । बालबालिकालाई विद्यालय जाँदा,खेल्न जाँदा, वुवा आमासँग सँगै हिड्दा पनि लामखुट्टेले टोक्न सक्छ । ठुलाले जसरी बालबालिकाले आफैं ख्याल गर्न सक्नैदनन् । त्यसैले बालबालिकालाई साधै झलभित्र सुताउने, बाहुला भएका लुगाहरू लगाइदिने गर्नुपर्छ ।
तपाईँको अभिमत