व्यवस्थापन महाशाखाको निर्देशकमा डा. रुद्र मरासिनी
अ +
अ -
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा.रुद्र मरासिनीलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.मरासिनीलाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
यसअघि व्यवस्थापन महाशाखाका निर्देशक रहनुभएका भीमसिंह तिंकरी बाह्रौँ तहमा बढुवा भएपछि रिक्त रहेको पदमा डा मरासिनीलाई पठाइएको हो ।
स्वास्थ्य सेवा समूहका एघारौँ तहका डा मरासिनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहन्थ्यो ।महाशाखा अन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाको सरुवा भएको छ। ढुङ्गानाको स्थानमा महाशाखामै रहेका सुरेन्द्र चौरसियालाई ल्याइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत