कोरोना विरुद्धको खाने औषधि बन्यो, बेलायतमा प्रयोगको अनुमति
अ +
अ -
बेलायतले कोरोना विरुद्धको औषधि खाने चक्कीलाई प्रयोगको अनुमति दिएको छ । कोभिड विरुद्ध खाने चक्कीको प्रयोगको अनुमति पाएको देशमा बेलायत पहिलो भएको छ । उक्त औषधि मर्क र रिड्जब्याक बायोथेरापीटिक्सले संयुक्त रुपमा विकास गरेका हुन् ।
औषधि तथा हेरचाह उत्पादनको नियामक संस्था (एमएचआरए)ले बिहिबार मोल्नुपीराभिरलाई खानको लागि अनुमति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोल्नुपीराभिर, संक्रमितहरुलाई लक्षण देखिएको पाँचदिन भित्र खानको लागि सिफारिस गरिएको छ । यो औषधि कोभिड विरुद्ध पहिलो खानेचक्की हो ।
बेलायतले ४ लाख ८० हजार वटा चक्कीको खरिद सम्झौता भइसकेको जानकारी दिएको समाचारमा उल्लेख छ । कोरोनाका कारण विश्वभर ५० लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत