जापानले ९ वटा शहरमा जारी आपतकाल हटाउने
अ +
अ -
काठमाडौं । जापानले टोकियोसहित नौ वटा सहरमा जारी गरेको कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । कोरोना संक्रमण बढेपछि अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो ।
कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले यस्तो निर्णय लिएको हो । कोभिड–१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्था भने सम्पूर्ण रुपमा अन्त्य नहुने बताइएको छ ।
आपतकाल हटाउने निर्णय यसअघि गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि आपतकाल विस्तार गरिएको थियो ।
सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावामा भने आपतकाल जारी रहनेछ ।
हेल्थपाटी 
तपाईँको अभिमत