मधुमेह रोगीले के खान हुन्छ के खान हुँदैन ?

मधुमेह भनेको रगतमा चिनी (Glucose) को मात्रा आवश्यक भन्दा बढी हुने अवस्था हो । शरीरको प्यानक्रियाजबाट एक प्रकारको हर्मोन, ईन्सूलिन उत्पादन हुन्छ । जसले खानामा हुने चिनीलाई टुक्राउने काम गर्दछ । ईन्सूलिनको उत्पादनमा हुने कमी वा ईन्सूलिनको उपयोगमा आउने कमीको कारणबाट मधुमेह रोग लाग्दछ ।
यदि उपचार नगरिएमा वा नियन्त्रण नगरिएमा मधुमेह रोगले मुटु रोग, मस्तिष्कघात, अन्धोपन, मृगौलाले काम नगर्ने लगायत अन्य गम्भीर जटिलताहरूलाई निम्त्याउन सक्छ । यस मध्ये केही जटिलताहरूले ज्यानसमेत लिन सक्दछ ।
मधुमेह वा जुनसुकै रोग पनि लाग्न नदिनु उत्तम हुन्छ । तर मधुमेह रोग लागिहालेमा के खान मिल्छ र के खान मिल्दैन भन्ने कुरा यहाँ बताउन खोजिएको छ ।
मधुमेह रोगीले खानुपर्ने खानाहरू
-कार्बोहाइडेटयुक्त खाना जस्तै भात, आलु कम खाने,
-बोसो नभएको मासु खाने,
-ताजा माछा खाने,
-ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेँडा, मूला, गाँजर, प्याज र ताजा फलफूल खाने,
-गुलियो खानेकुरा कम मात्रामा खाने,
-कम मात्रामा तेल प्रयोग भएको तरकारी खाने
-सन्तुलित र स्वस्थ भोजन गर्ने ।
मधुमेह रोगीले खान नहुने खानाहरू
- नौनी अथवा घ्यू र बोसो, वनस्पति घ्यू, चिनी, जाम, मिठाई, चकलेट र गुलिया पेय पदार्थ, बट्टामा राखेका फलफूलहरू, केक, गुलियो बिस्कुट आदि खानु हुँदैन ।
- मदिरापान नगर्ने ।
- धुम्रपान नगर्ने ।
तपाईँको अभिमत