अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई तीव्र गतिमा फैलने प्रोस्टेट क्यान्सर

अ +
अ -
अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । बीबीसी समाचारका अनुसार उहाँलाई क्यान्सर भएको जानकारी आइतबार सचिवालयले जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बाइडेनको हड्डीहरुमा समेत क्यान्सर फैलिएको छ । गत साता उहाँलाई पिसाब सम्बन्धी समस्या देखिएको थियो । त्यसको कारणबारे जाँच गर्ने क्रममा शुक्रबार क्यान्सर पत्ता लागेको हो ।
उहाँलाई तीव्र गतिमा फैलिने खालको क्यान्सर देखिएको हो ।
८२ वर्षीय बाइडेन २० जनवरी २०२१ देखि २० जनवरी २०२५ सम्म अमेरिकाको राष्ट्रपति रहनुभएको थियो ।
तपाईँको अभिमत