वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण सूचारु, सातामा दुई जनाको प्रत्यारोपण गर्ने तयारी
वीर अस्पतालमा डेढ वर्षदेखि रोकिएको मिर्गाैला प्रत्यरोपण सेवा सूचारु भएको छ । कोरोना महामारी यता वीरमा पहिलो पटक मंगलबार मिर्गाैला प्रत्यारोपण भएको छ । सिराहाका ५० वर्षका पुरुषको मिर्गाैला प्रत्यारोपण गरिएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
ती पुरुषलाई उहाँकी ४९ वर्षकी श्रीमतीले मिर्गाैला दान गर्नुभएको थियो । डा.अनिल श्रेष्ठ, डा.पारसमणी श्रेष्ठ र डा. रबीन बस्नेतको टिमले मिर्गाैला प्रत्यारोपण गरेको हो ।
बस्नेतका अनुसार अब वीरमा सातामा एक र माग बढे २ जना सम्मको मिर्गाैला प्रत्यारोपण गरिनेछ । ‘हामीले कोरोना महामारी यता वीरमा मंगलबार पहिलो मिर्गाैला प्रत्यारोपण भएको छ, यो सेवा हामीले पुरानै भवनबाट दिएका हौं । अब नयाँ सर्जिकल भवनबाट सेवा दिने तयारी गरिरहेका छौं,’ बस्नेतले भन्नुभयो - ‘त्यसपछि प्रत्यारोपण अझै बढ्छ । ’
वीरमा लामो समयदेखि प्रत्यारोपण सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत