थप ८ संक्रमितकाे मृत्यु, मृतकको संख्या १८१६
काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितकाे मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८१६ पुगेको छ ।
आज देशभर ६०८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४२ जनाको पीसीआर परीक्षण भएकोमा ६०८ जनालाई पोजेटिभ देखिएको हो ।
काठमाडौं उपत्यकामा २७९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
यस्तै, २४ घण्टामा ८९२ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । यस्तै ९ संक्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८१६ पुगेको छ । अहिले देशभर ७ हजार ९२ संक्रिय संक्रमित रहेका छन् ।
तपाईँको अभिमत