मनोचिकित्सकको सम्मेलन कार्तिक ११–१३ गते विराटनगरमा हुने

फाइल फोटो
मनोचिकित्सकहरूको आठौँ राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।
सम्मेलनबारे जानकारी दिन बिहीबार साँझ पत्रकारसम्मलन आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै
मनोचिकित्सक संघ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्राडा. नवराज कोइरालाले आगामी कात्तिक ११ देखि १३ गतेसम्म हुने जानकारी दिनुभएको हो । कोइरालाका अनुसार सम्मेलनमा नेपाल र विभिन्न राष्ट्रका गरी करिब ३०० मनोचिकित्सकको सहभागिता रहने छ।
उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितो रूपमा सेवा पु¥याउन सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने संयोजक प्रा डा कोइरालाले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत