कोरोनाको हटस्पट बन्दै विद्यालय, अस्पताल भर्ना हुनेमा अधिकांश शिक्षकहरु
काठमाडौं । पछिल्लो समय नेपालमा शैक्षिक संस्थाहरु कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएको छ । शैक्षिक संस्थाहरुमा स्वास्थ्यका मापदण्ड नअपनाउदा त्यहाँ कोरोना संक्रमण बढिरहेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शैक्षिक संस्थाहरुमा स्वास्थ्यका मापदण्ड कार्यान्वयन फितलो रहेकाले संक्रमण बढेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । विद्यालयहरुमा हात धुने तथा सेनिटाइज र अनिवार्य मास्क लगाउने व्यवस्थालाई कडाइका साथ लागू गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले अहिले टेकु अस्पतालमा भर्ना हुने संक्रमितहरुमा अधिकांश शिक्षक, होटलमा काम गर्ने व्यक्ति र तराईबाट प्रेषण गरिएका बिरामीहरु रहेको जानकारी दिनुभयो । केही दिनयता संक्रमण उकालोतर्फ लागिरहेकोमा आफुहरु चिन्तित रहेको भन्दै उहाँले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत