पुरुषमा भन्दा महिलामा क्यान्सर हुने सम्भावना बढी !

सांकेतिक तस्बिर ।
पुरुषमा भन्दा महिलामा क्यान्सर हुने सम्भावना बढी देखिएको छ । अमेरिकामा गरिएको एक अध्ययनले क्यान्सरको सम्भावना महिलामा बढी देखिएको हो ।
अमेरिकी क्यान्सर समाज (एसीएस) ले गरेको अध्ययनअनुसार ५० देखि ६४ वर्ष उमेर समूहका महिलामा क्यान्सर हुने सम्भावना बढी देखिएको हो । यस्तो अवस्था सन् १९०० को दशकपछि पहिलोपटक देखिएको जनाइएको छ । यद्यपि मृत्युदर भने कम भएको छ । अध्ययनअनुसार ५० वर्षभन्दा मुनिका महिलामा पुरुषमा भन्दा ८२ प्रतिशत क्यान्सरको सम्भावना बढी देखिएको छ ।
५० वर्षमुनिका महिलामा स्तन क्यान्सरको दर वृद्धि भएको देखिएको छ । यो सन् २००० यता प्रतिवर्ष १.४ प्रतिशतका दरले बढेको देखिएको छ ।
अध्ययनले महिलामा क्यान्सर वृद्धिको कारण यही भनेर ठोकुवाका साथ बताएको छैन । तर मोटोपन, वंशाणुगत तथा वातावरणीय प्रभावलाई क्यान्सर वृद्धिको कारण मानिएको छ । मोटोपनसँग १३ प्रकारका क्यान्सर जोडिने गरेको बताइएको छ । त्यस्तै सात प्रकारका क्यान्सर मादक पदार्थ सेवनका कारण हुने चिकित्सकको भनाइ छ ।
अध्ययनले पुरुषमा मिश्रित किसिमको अवस्था देखाएको छ । कलेजो क्यान्सर हुने पुरुषको सङ्ख्यामा उल्लेख्य कमी भएपनि प्रोस्टेट क्यान्सर हुने पुरुषको सङ्ख्या भने निकै वृद्धि भएको पाइएको अध्ययनमा भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत