काठमाडौं उपत्यकामा थप ४१४ जनालाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३०३, भक्तपुरमा ५१ र ललितपुरमा ६० जनालाई संक्रमण पुष्टि भएको छ ।
आज देशभर थप २ हजार १६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ६५३० पीसीआर र ३८८७ जनाको एन्टीजेन गरी १० हजार ४१७ जनाकाे परीक्षण भएकाे छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४३२ हजार जना संक्रमणमुक्त भएका छन् भने २२ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । जसमध्ये ६ लाख १८ हजार ३६१ जना निको भएका छन् भने ९ हजार ३६२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत