यस्ता लक्षण देखिए स्तन क्यान्सर हुनसक्छ, कसरी बच्ने ?

स्तनमा भएका कोषहरुको अनियन्त्रित र असामान्य रुपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर स्तनको विभिन्न भागमा सुरु हुन सक्छ ।
स्तन क्यान्सर रक्त नलीहरु तथा लिम्फ नलीहरु हुँदै शरीरको अन्य भागहरुमा फैलिन सक्दछ ।
स्तन क्यान्सरका लक्षणहरु
- स्तन दुख्नु वा सुन्नीनु,
- स्तन वा काखीमुनि नदुख्ने गिर्खा वा गाँठो देखिनु,
- स्तनको छालामा निको नहुने घाउ आउनु,
- स्तनको आकारमा परिवर्तन आउनु,
- स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुनु स्तनको मुन्टा भित्रतर्फ जानु,
- स्तनको मुन्टाबाट रगत वा पीप बग्नु ।
स्तन क्यान्सरको जोखिमबाट बच्ने उपायहरु
- स्तनको नियमित जाँच वा परीक्षण गर्ने बच्चालाई पर्याप्त स्तनपान गराउने नियमित व्यायाम गर्ने,
- तौललाई सन्तुलनमा राख्ने,
- पोषणयुक्त खानेकुरा खाने,
- धुम्रपान तथा मद्यपान नगर्ने,
(राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र)
तपाईँको अभिमत