१७०५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
अ +
अ -
काठमाडौं । अहिले देशभर उपचाररत कोरोना संक्रमितमध्ये १ हजार ३३४ जना आइसियु र ३७१ जना भेन्टिलेटरमा रहेका छन् ।
बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन् । त्यहाँ ५४२ जना आइसियु र २२० भेन्टिलेटरमा छन् । यसैगरी लुम्बिनी प्रदेशमा १६४ जना आइसियु र १६ जना भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा १९० जना आइसियु र ५५ जना भेन्टिलेटर, कर्णालीमा १०८ आइसियु र ६ जना भेन्टिलेटर, गण्डकीमा ९२ आइसियु र १९ जना भेन्टिलेटर र सुदुरमा ४९ जना आइसियु र १५ जना भेन्टिलेटरमा छन् ।
यसैगरी काठमाडौं उपत्यकामा १८५ आइसियु र १०५ जना भेन्टिलेटरमा छन् । आज ८ हजार ५२० जनामा कोरोना पोजेटिभ देखिएको छ । सक्रिय संक्रमित १ लाख ७ हजार ३३६ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत