कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हालसम्म २० लाख भन्दा बढीको मृत्यु भएको छ । एक वर्षअघि चीनको युहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट २० लाख ९ हजार २१७ मानिसको मृत्यु भएको जोन् हप्कीन्स् यूनिभर्सिटिले जनाएको छ ।
विश्वभर ९ करोड ३८ लाख ५० हजार ६३७ मानिस संक्रमित भएका छन् । अमेरिका र यूरोप सबैभन्दा बढी कोरोना महामारीबाट प्रभावित भएको छ ।
यूरोपमा मात्रै ६ लाख ५० हजार संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ५ लाख ४२ हजार ४१० जना मानिस संक्रमित भएका छन् । विश्वका केही देशहरुमा कोरोना विरुद्धको खोप अभियान सुरु भइसकेको छ ।
तपाईँको अभिमत