जेन–जी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा शोक बिदा
अ +
अ -
हालै भदौ २३ र २४ गते जेन–जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सम्झनामा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।
असोज १ गते बुधबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । सो दिन नेपालभर राष्ट्रिय झण्डा आधा झुकाएर शोक प्रकट गरिने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले २०८२ साल भदौ ३० गते बसेको बैठकमार्फत उक्त निर्णय गरेको हो ।
मृतकहरूको आत्माको चीरशान्तिको कामना गर्दै सरकारले श्रद्धाञ्जली अर्पण गर्ने र शोक प्रकट गर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत