आँखा परीक्षणबाट पहिचान हुन्छ शरीरका गम्भीर रोगहरु
आँखा परीक्षणबाट पहिचान हुन्छ शरीरका गम्भीर रोगहरु आँखा जाँचेर पत्ता लाग्न सक्छ शरीरका गम्भीर रोगहरू के तपाईलाई आँखा परीक्षणबाट शरीरका अन्य गम्भीर रोगहरु पनि पत्ता लाग्छ भन्ने थाहा छ ?
हो नियमित स्वास्थ्य परीक्षणबाट पत्ता नलागेका कतिपय रोगहरु आँखाको परीक्षणबाट पहिचान हुन सक्छ । व्यक्तिले आफु स्वस्थ छु भन्दैगर्दा कतिपय घातक रोगको लक्षण उसको आँखामा देखिरहेको हुन्छ ।
नेत्ररोग विशेषज्ञहरुका अनुसार आँखाको जाँचबाट ब्रेन ट्युमर, क्यान्सर, मधुमेह, उच्चरक्तचाप, मुटुरोग, मस्तिष्क पक्षघात, थाइरोइड, भिटामिन एको कमी, यौनरोग (भिरिंगी, एचआइभी, गोनोरिया) लगायतका अन्य घातक रोगहरु पत्ता लाग्न सक्छ ।
आँखाको परीक्षण दृष्टिको लागि मात्रै नभई शरीरका अन्य अंगको अवस्था जान्नका लागि पनि आवश्यक रहेको उहाँहरुको भनाइ छ ।
रोग लागेर शरीरका अंगहरुमा असर गर्न थालेपछि मात्रै अस्पताल जाने चलन छ । त्यसो हुँदा कुनै रोगले आँखामा असर गरेपछि जाँच गर्न आउँदा अन्य रोगको पहिचान हुने नेत्ररोग विशेषज्ञहरु बताउनुहुन्छ ।
आँखा परीक्षणबाट पहिचान हुनसक्ने रोगहरुका बारेमा तिलगंगा आँखा अस्पतालमा कार्यरत भिट्रियो रेन्टल सर्जन डा. रबा थापा र नेपाल आँखा अस्पतालमा कार्यरत नेत्ररोग विशेषज्ञ डा.गोपालप्रसाद पोखरेलसँग कुरा गरि तयार पारिएको यो भिडियो सामग्री ।

तुलसा घिमिरे
तपाईँको अभिमत