देशभर थप १०१४ जनालाई कोरोना, सक्रिय संक्रमित १२९४८
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १४ काेरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर ६ हजार २२० जनाको पीसीआर परीक्षण हुँदा १ हजार १४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २७ हजार ४३३ जना निको भएका छन् । २४ घण्टामा १६२८ संक्रमित काेराेनामुक्त भएका छन् ।
यस्तै २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत