रुसमा बर्डफ्लुको नयाँ प्रजाति, पहिलो पटक मानिस संक्रमित

काठमाडौं । रुसमा पहिलो पटक बर्ड फ्लुको नयाँ प्रजातिबाट मानिसलाई संक्रमण भएको पुष्टि भएको छ । चराबाट बर्ड फ्लुको स्ट्रेन एएचफाइभएनएट (H5N8)मानिसमा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले जनाएको छ ।
स्ट्रेन हालैको महिनामा रुस, यूरोप, चीन, मध्य पूर्वी तथा उत्तरी अफ्रिकाको पोल्ट्री फार्ममा देखिएको थियो । बर्ड फ्लुको एचफाइभएचवान(H5N1) एचसेभेनएननाइन(H7N9)र एचनाइनएनटु(H9N2) मानिसमा फैलिएको थियो ।
‘रुसमा केही दिनअघि मात्रै बर्डफ्लुको केस बाहिर आएको थियो,अहिले नतिजा आइसकेको छ । डब्ल्यूएचओको वाचडग प्रमुख अन्ना पोपोभाले भन्नुभयो,‘तर मानिस मानिस बीच भाइरस सर्ने संकेत भने देखिएको छैन । ’
एएचफाइभएनएट भाइरस चराको लागि खतरनाक मानिन्छ । मरेका संक्रमित पंक्षी तथा चराको प्रत्यक्ष सम्पर्कबाट मानिसमा संक्रमण हुन्छ ।
तपाईँको अभिमत