जिल्ला अस्पतालमा १४९ र प्रादेशिकमा ५०० दरबन्दी स्वीकृत, नर्स र मेडिकल अधिकृत धेरै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत स्वास्थ्य केन्द्र, जनरल अस्पताल(साविक जिल्ला अस्पताल) र २०० शैय्याका प्रादेशिक अस्पतालको नमुना संगठनात्मक संरचना र दरबन्दी स्वीकृत गरेको छ ।
असोज ४ गतेको मन्त्री स्तरीय निर्णयअनुसार संगठनात्मक संरचना र दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। । उक्त दरबन्दी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहलाई जानकारी गराउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको छ।
आधारभूत स्वास्थ्य केन्द्रको सञ्चालन तथा व्यवस्थापन स्थानीय तहले गर्ने छ भने जनरल अस्पताल र प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्नेछ।
उक्त दरबन्दी कार्यान्वयन गर्दा पर्ने आर्थिक भार सम्बन्धित स्थानीय तह तथा प्रदेशले नै व्यहोर्नु पर्ने मन्त्रालयले स्पष्ट पारेको छ।
आधारभूत स्वास्थ्य केन्द्रमा सिनियर अहेव वा हेल्थ असिस्टेन्ट अधिकृतको नेतृत्वमा १० देखि ६ जनाको दरबन्दी स्वीकृत भएको छ।
५ हजार बढी जनसंख्या भएको वडामा १० जना, २ हजारदेखि ५ हजार जनसंख्या भएको छ ८ जना र ५ हजार भन्दा बढी जनसंख्या भएको वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा १० जनाको दरबन्दी रहने छन्।
हेरौँ आधारभूत स्वास्थ्य केन्द्रका लागि स्वीकृत दरबन्दी।

५० शैय्याको जनरल अस्पतालका लागि ११औँ तहको मेडिकल सुपरीटेन्डेन्टको नेतृत्वमा १४९ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।
सबैभन्दा धेरै स्टाफ नर्स ४० जनाको दरबन्दी राखिएको छ । यसमा थप २ जना सामुदायिक नर्स पनि रहनेछन्।
मेडिकल अधिकृतमा १२ जनाको दरबन्दी छ ।
हेरौँ ५० शैय्याको जनरल अस्पताल(साबिक जिल्ला अस्पताल) का लागि स्वीकृत दरबन्दी।


२०० शैय्याका प्रादेशिक अस्पतालका लागि ११औँ तहका उपसिवको नेतृत्वमा ५०० कर्मचारीको दरबन्दी रहने गरी स्वीकृत भएको छ।
प्रमुखसहित विशेषज्ञ चिकित्सक जनरल नर्सिङ समेत गरेर ११औँ तहका ८ जना कर्मचारी रहनेछन्।
आठौँ तहका मेडिकल अधिकृतका लागि ४१ दरबन्दी तोकिएको छ । सबैभन्दा धेरै स्टाफ नर्सको १९२ दरबन्दी छ।
हेरौँ २०० शैय्याको प्रादेशिक अस्पतालका लागि स्वीकृत भएको दरबन्दी।



जनरल अस्पतालका लागि सांगठनिक संरचना

प्रादेशिक अस्पतालका लागि सांगठनिक संरचना

हेल्थपाटी
तपाईँको अभिमत