३२६० लाई कोरोना संक्रमण, उपत्यकामा ११३३ जना
७३७ जना आइसियु र १८३ जना भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा ३२ सय ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ८०६ पीसीआर र ४६ सय ५६ जनाको एन्टीजेन गरि १५ हजार ४६२ जनाको कोरोना परीक्षण भएकोमा २१ प्रतिशतलाई पोजेटिभ देखिएको जनाएकाे छ ।
यस्तै सोही अवधिमा २२ सय ९४ जना संक्रमणमुक्त हुनुका साथै ३२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३८ हजार १८० रहेका छन् । जसमध्ये ७३७ जना आइसियु र १८३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ११ सय ३३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनालाई संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा पीसीआरबाट ७ लाख २५ हजार ७६९ र एन्टीजेनबाट ७२ हजार ८८२ गरि ७ लाख ९८ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।
तपाईँको अभिमत