काठमाडौंमा वुद्धभत्ता बुझ्नेले निःशुल्क उपचार पाउने
काठमाडौं महानगरपालिका भित्रका जेष्ठ नागरिकले निःशुल्क उपचार पाउने भएका छन् । महानगरभित्रका वृद्धभत्ता पाएका पाएका जेष्ठ नागरिकलाई छत्रपाटी निःशुल्क चिकित्सालयले निःशुल्क उपचार सेवा दिने भएको हो ।
छत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं महानगरबीच वृद्धभत्ता प्राप्त जेष्ठ नागरिकलाई निशुल्क उपचार गर्ने सम्झौता भएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभएको छ ।
शाहका अनुसार निःशुल्क उपचार सेवा लिन काठमाडौं महानगरपालिकाका वडा कार्यालयबाट प्राप्त बृद्ध भत्ता परिचय पत्र/कर्मचारी परिचय पत्र वा वडा कार्यालयको सिफारिश पत्र अनिवार्य छ।
शाहका अनुसार छत्रपाटी निःशुल्क चिकित्सालयमा जेष्ठनागरिकलाई निम्नअनुसार सेवा उपलब्ध हुनेछन् ।
निःशुल्क चिकित्सालयमा पाइने सेवाहरू
-२४ सै घण्टा आकस्मिक सेवा
-ल्याप्रोस्कोपीक शल्यक्रिया
-सर्जरी
-फिजिसियन / इन्टरनल मेडिसिन
-नाक, कान, घाँटी रोग
-स्त्री रोग
-पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)
-चर्म तथा यौन रोग
-बाल रोग
-अल्ट्रासाउण्ड
-टि.एम.टी/हल्टर
-अडियोग्राम
-टिम्पानो मिटर
-इको
-मनोचिकित्सा
-२४ सै घण्टा प्याथोलोजी,
-डिजिटल एक्सरे,
-पिसाब नलीको पत्थर चिरफार नगरीकन
-शल्यक्रिया
-आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया
-हाड, जोर्नी र नशा रोग
-जनरल हेल्थ चेकअप
-ईण्डोस्कोपी र कोलोन्स्कोपी
-दन्त रोग
-मुटु रोग
-ड्रेसिङ्ग
-ई. सी. जी.
-स्त्री रोग शल्यक्रिया
-हार्डजोर्नी शल्यक्रिया
हेल्थपाटी
तपाईँको अभिमत