आजदेखि ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा खोप दिइदैं
आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ । १८ गतेसम्म चल्ने यस अभियानका लागि वडावडामा खोपकेन्द्र तोक्न उपत्यकाका जिल्ला प्रशासन कार्यालयले तीन वटै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
४ दिनसम्म चल्ने खोप कार्यक्रममा यसअघिको अभियानमा छुटेका ५० वर्ष माथि उमेर समूह तथा अत्यावश्यक सेवा तथा पेशामा संलग्न भएका, फरक क्षमताका व्यक्ति सबैले खोप पाउने छन् ।
अत्यावश्यक सेवाका व्यक्तिहरुले पाँचवटा अस्पतालबाट खोप लगाउन पाउनेछन् । राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा अत्यावश्यक सेवाका व्यक्तिहरुले उनीहरुले खाप लगाउन पाउने छन् ।
हालसम्म नेपालमा ५० लाख ४७ हजार जनाले कोरोना विरुद्धको कुनै न कुनै खोप पाएका छन् । कोभिशिल्ड, भेरोसेल र जोनसनको खोप प्रयोगमा छ । कोभिशिल्ड २२ लाख ८८ हजार ७९२ जनाले कोभिशिल्ड, २४ लाख २४ हजार ५७२ जनाले भरोसेल ३ लाख ३३ हजार ९९१ जनाले जोनसनको खोप पाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत