आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
अ +
अ -
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य बिमाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने, आधारभूत अस्पताल, पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी खोप कार्यक्रम, औषधि व्यवस्था विभागको पुनर्संरचना लगायतका विषयले प्राथमिकता पाउने अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभएको छ ।
साथै एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, नेपाल औषधि लिमिटेडको क्षमता बढाउने, एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लगायतका विषयहरु समावेश हुने बताइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत