स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा कर्मचारी
अ +
अ -
स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले आज सूचना जारी गरी सूचना प्रविधि सहायक पदमा ६ जना कर्मचारी माग गरेको हो ।
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत दरबन्दीमा रिक्त रहेको पदमा कर्मचारी माग गरिएको बोर्डले जानकारी दिएको छ ।
योग्यता पुगेका इच्छुकलाई १५ दिनभित्र दरखास्त पेश गर्न आह्वान गरिएको छ । दरखास्त दिनका लागि सूचना प्रविधि विषयमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ ।
१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको नेवालदी नागरिकले दरखास्त दिन सकिने बोर्डले जनाएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत