स्वास्थ्यकर्मीलाई कुट्नु ड्युटीका सुरक्षाकर्मीमाथिकाे आक्रमणसरह : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट पार्नुभयो ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताउनुभएको हो । खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उहाँले यसमा विश्वव्यापी सहकार्यमा जोड दिनुभयो ।
नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको जानकारी दिनुभयो । उहाँले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने पनि आश्वासन दिनुभयो ।
उहाँले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु ड्युटीमा रहेका सुरक्षाकर्मीलाई आक्रमण गर्नु सरह दण्डनीय रहेको टिप्पणी गर्दै दोषीलाई कडा कारबाही हुने प्रतिवद्धता जनाउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत