कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो
अ +
अ -
काठमाडौं । नेपालमा कोरोनाका कारण ९ हजार ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।
आज देशभर १९ सय २० जनामा कोरोना पुष्टि भएको छ भने साेही अवधीमा ३ हजार ७ जना काेराेनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार पीसीआर र ३ हजार ८३६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८३६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १३ सय ५३ पीसीआर र ५६७ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।
नेपालमा अहिलेसम्म ६ लाख ६५ हजार ७७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ८४ हजार ३३४ जनाले कोरोना जितेका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण ४० लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत