लोमस र क्यूमेडको औषधि न्यून गुणस्तर, विक्रि वितरणमा रोक
अ +
अ -
दुई वटा औषधि उत्पादक कम्पनीका औषधि न्यून गुणस्तरको पाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षण गर्दा क्यूमेड फर्मुलेसन प्राली र लोमस फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेका औषधि न्यून गुणस्रको पाइएको बताएको छ ।
क्यूमेडको लेभोसेफ- ५०० (लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) नामको औषधि र लोमसको जेफिक्स-१०० (सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स) नामका औषधि न्यून गुणस्तरको फेला पारेको हो। क्यूमेडको लेभोसेफ-५०० औषधिको ब्याच नम्बर एलभिटी ११०१७ र लोमसको जेफिक्स-१०० को ब्याच नम्बर जेडएक्स २२० मा समस्या देखिएको हो।
यी औषधिहरु बजारमा विक्रि वितरणका रोक लगाउनुका साथै बजारमा पुगेका औषधि फिर्ता गर्न आयोगले कम्पनीहरुलाई निर्देशन दिएको छ ।
तपाईँको अभिमत