भारतमा ४ लाख ९ हजार धेरै कोरोना संक्रमित, ४१ सयको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख ९ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । एकै दिन ४ लाख ९ हजार ३०० संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ ।
पछिल्लो २४ घन्टामा भारतमा ४१ सय संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या २ लाख ४२ हजार नाघेको छ । अमेरिकामा ३३ हजार ८ सय, ब्राजिलमा ६३ हजार, फ्रान्समा साढे २० हजार र टर्कीमा १८ हजार संक्रमित थपिएका छन् ।
ब्राजिलमा २ हजार, अमेरिकामा ६४०, टर्कीमा २८१ र रुसमा ३७० जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ लाख ९५ हजार ९ सय नाघेको छ ।
विश्वभर हालसम्म १५ करोड ८२ लाख ९८ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या १ करोड ८४ लाख २५ हजार रहेको छ ।
तपाईँको अभिमत