स्वास्थ्य अनुसन्धान परिषद्ले दियो ११ विधामा अवार्ड (कसलाई कुन ?)
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानमा योगदान गर्ने डाक्टर लगायतलाई पुरस्कृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको ८औँ शिखर सम्मेलनको उपलक्ष्यमा नेपाल स्वास्थ अनुसनधान परिषद्ले विभिन्न व्यक्तित्वलाई विभिन्न विधामा पुरस्कृत गरेको हो ।
लाइभ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. मदनप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएबापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाउनु भएको हो ।

त्यसैगरी सबै भन्दा बढी लेख प्रकाशन गर्ने अनुसन्धानकर्तालाई दिइने उत्कृष्ट कृति पुरस्कार डा.गुणराज ढुंगानाले पाउनुभएको छ ।
हेल्थ रिसर्चर अवार्ड डा.सरुणा घिमिरेले र बेस्ट रिसर्च पेपर अवार्ड पोस्टर प्रिजेन्टेसन तर्फ सोनिया श्रेष्ठ र ओरल प्रिजेन्टेसनतर्फ डा.रभा थापालाई प्रदान गरिएको छ ।
मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेन्टेशन अवार्ड डा. रीता थापाले पाउनुभएको छ । मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड चिकित्सातर्फ डा.अपेक्षा निरौलाले पाउनु भएको छ । यो अवार्ड एनएचआरसी स्टाफतर्फ अनुसन्धान अधिकृत अनिल पौडेलले पाउनु भएको छ ।

वेस्ट इम्प्लोइ अवार्ड स्वास्थ्य अनुसन्धन परिषद्को प्रशासन सहायक अजय कुमार लालले पाउनु भएको छ भने परिषद्को बेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यू मनिटर इभ्यालुएसन सेक्सनले पाएको छ ।
प्रा.डा भगवान कोइरालाको संयोजकत्वमा ५ जनाको अवार्ड छनोट कमिटी बनाइएको थियो । यो कमिटीले बस्तुगत मूल्यांकनका आधारमा तथा विभिन्न दायराको आधारमा नम्बर दिएर छनोट अवार्डका लागि छनोट गरेको डा.कोइरालाले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत