दैनिक २० जनाले गर्छन् आत्महत्या, १० वर्षमा ५३ हजार बढी

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिशले बनाएको चित्र।
आज विश्व आत्महत्या रोकथाम दिवस आशा जगाऔँ जीवन बचाऔँ भन्ने नाराका साथ मनाइँदै छ ।
सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को संयोजनमा विश्व आत्महत्या रोकथाम दिवसको स्थापना गरेको थियो ।
सो वर्षदेखि १० सेप्टेम्बरमा यो दिवस मनाइने गरेको छ । आत्महत्या निरुत्साहित गर्नका लागि जनचेतना जगाउने अवसरको रुपमा नेपालमा पनि यो दिवस मनाउने गरिएको छ।
डब्लूएचओको तथ्यांक अनुसार विश्वभर प्रत्यके वर्ष ७ लाख बढीले आत्महत्या गर्छन्। यो तथ्यांक अनुसार एक दिनमा करिब १९१८ जनाले आत्महत्या गरिरहेका हुन्छ्।
एक घण्टामा ८० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ । हरेक ४५ सेकेण्डमा विश्वका कुनै ठाउँमा आत्महत्याबाट एक जनाको ज्यान गइरहेको हुन्छ।
२० देखि २५ जनाले आत्महत्याको प्रयास गर्दा १ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ ।
विश्वमा हुने मृत्युहरुको कारण मध्ये १५ औँ नम्बरमा आत्महत्या रहेको छ । १५ देखि १९ वर्ष उमेर समूहमा हुने मृत्युमा भने चौथो कारण आत्महत्या रहेको तथ्यांकले देखाउँछ ।
आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या धेरै छ । विश्वमा प्रति लाख ९ जनाको आत्महत्याका कारण मृत्यु हुन्छ ।
यसमा महिला प्रतिलाखमा ५.४ रहँदा पुरुष १२.६ छ ।

नेपाल प्रहरीले दिएको रेकर्ड अनुसार नेपालमा १० वर्षको अवधिमा ५३ हजारले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।
पछिल्लो आर्थिक वर्ष ०७८÷०७९मा ६ हजार ८३० जनाले आत्महत्या गरेको तथ्यांक छ ।
आर्थिक वर्ष ०७७÷०७८ मा आत्महत्याको संख्या ७ हजार १४१ । अघिल्लो वर्षको तुलनामा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.५
प्रतिशतले घटेको देखिन्छ ।
यो संख्या अनुसार पनि नेपालमा हरेक दिन १९–२० जनाले आत्महत्याबाट ज्यान गुमाइरहेका छन् ।
अहिले नेपालमा आत्महत्याको दर प्रतिलाख जनसंख्यामा २३.४ छ ।
नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा सन् २०१५ देखि २०३० सम्ममा प्रति एकलाख जनसङ्ख्यामा आत्महत्याको दरलाई ४.७ मा ल्याउने लक्ष्य राखिएको छ ।
आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य मानिएको छ । मानिसक स्वास्थ्य उपचारमा पहुँच बढाउनका लागि काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इन.सी.डी तथा मानसिक स्वास्थ्य शाखाले जानकारी दिएको छ।
अहिले ४४ जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम पु¥याइएको छ भने आगामी २ वर्षमा सबै जिल्लामा यो कार्यक्रम पु¥याउने लक्ष्य राखिएको विभागले जानकारी दिएको छ।
प्रत्येक प्रदेशको २–२ जिल्लामा मनोचिकित्सकको सेवा पु¥याउने, औषधिहरु निशुल्क गर्ने, विद्यालय नर्समाफर्त पनि यस कार्यक्रमलाई विस्तार गर्न लक्ष्य सरकारको छ ।
हेल्थपाटी
तपाईँको अभिमत