खोप अभाव भएपछि काठमाडौंमा भेरोसिल खोप अभियान स्थगित
अ +
अ -
काठमाडौं । कोरानो विरुद्धको खोप अभाव भएपछि काठमाडौँ महानगरपालिकाले भेरोसिल लगाउने कार्यक्रम स्थगित गरेको छ । जेठ २९ गतेसम्म खोप अभियानको तालिका रहेकोमा आवश्यकताअनुसार खोप नपाएपछि महानगरले अभियान स्थगित गरेको जनाएको छ ।
गत २५ जेठ देखि शुरु भएको यस अभियानमा काठमाडौं उपत्यकामा ६० देखि ६४ बर्ष र बाहिर ६२–६४ वर्षउमेर उमेर समूहका लागि खोप दिइने भनिएको थियो ।
काठमाडौं महानगरले उमेरअनुसार दिन तोकी खोपको कार्यतालिका बनाएको थियो । काठमाडौं महानगरमा बिहीबारसम्म करीब २८ हजार जनाले खोप लगाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत