ट्रमा सेन्टरमा १०० नर्स, ४५ डाक्टरसहित १७१ स्वास्थ्यकर्मी माग
अ +
अ -
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले एक सय जना नर्स र ४५ जना डाक्टरसहित १७१ जना कर्मचारीको माग गरेको छ ।
ट्रमा सेन्टरले आज सूचना जारी गर्दै करारमा कर्माचारी नियुक्त गर्न लागेको जानकारी दिएको हो। ट्रमाले कोभिड संक्रमितको उपचार तथा हेरचाहका लागि कर्मचारी माग गरेको हो ।
सूचना अनुसार स्टाफ नर्स १००, मेडिकल अधिकृत ४०, कन्सलटेन्ट क्रिटिकल केयर विशेषज्ञ वा एनेस्थेसियोलोजिष्ट ५ जना, रेडियोग्राफर १० जना, ल्याब टेक्निसियन १० जना र हेबी सवारी चालक ६ जना गरी १७१ जना मागिएको छ। आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने छन्।
हेल्थपाटी
तपाईँको अभिमत