अध्ययन भन्छ,- यो ब्लडग्रुपका व्यक्तिमा ब्रेन स्ट्रोकको जोखिम बढी

के तपाईलाई रक्त समूह (ब्लड ग्रुप)का कारण तपाई ब्रेन स्ट्रोक मस्तिष्क पक्षघात को जोखिम रहेको कुरा थाहा छ ? अध्ययनले रक्त समूहले तपाईलाई ६० वर्षभन्दा कम उमेरमै ब्रेन स्ट्रोकको सम्भावना निम्त्याउने देखि ‘ए’को खुलासा गरेको छ ।
‘ए’क अध्ययनले ब्लड ग्रुप र ब्रेन स्ट्रोकबीचको जोखिमबारे खुलासा गरेको छ । यूनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले गरेको अध्ययन अनुसार ‘ए’ ब्लड ग्रुपका व्यक्तिलाई ब्रेन स्ट्रोकको प्रारम्भिक सम्भावना रहेको देखियो । यद्यपी यस सम्बन्धमा थप अध्ययनको आवश्यक रहेको छ ।
यो ग्रुपका व्यक्तिमा रगत जम्ने खतरा अन्य ग्रुपका व्यक्तिमा भन्दा बढी रहन्छ । अध्ययनका अनुसार ‘ओ’ ब्लड ग्रुपका व्यक्तिमा स्ट्रोकको जोखिम कम रहेको छ ।
मस्तिष्कमा कुनै कारणले रगतको आपूर्ति बन्द हुँदा स्ट्रोक हुने गर्छ । अध्ययनमा ६ लाख स्वस्थ व्यक्ति र १६ हजार ७ सयभन्दा बढी स्ट्रोकका बिरामीलाई सहभागी गराइएको थियो ।
अनुसन्धानकर्ताहरुले स्ट्रोकसँग सम्बन्धित आनुवांशिक भिन्नताहरु पहिचान गर्न संकलित सबै क्रोमोजोमहरुको अध्ययन गरे, त्यसमा अन्य ग्रुपको भन्दा ‘ए’ ग्रुपको व्यक्तिमा स्ट्रोकको जोखिम बढी रहेको पत्ता लगाए, यो अध्ययन जर्नल न्यूरोलोजीमा सन् २०२२ अगस्ट ३१ म प्रकाशित भएको थियो ।
स्ट्रोक, ब्लड ग्रुपको कारण मात्रै नभई अस्वस्थ्यकर खानपीन र जीवनशैलीका कारण हुने गरेको अध्ययनमा उल्लेखल गरिएको छ ।
तपाईँको अभिमत