आजदेखि चुरोट तथा सूर्तिजन्य पदार्थसहित १० वटा वस्तु आयातमा रोक
सरकारले आजदेखि चुरोट तथा सूर्तिजन्य पदार्थसहित १० वटा वस्तु आयातमा रोक लगाएको छ । सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको छ । तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु र कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ ।
उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु लगायतका विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको छ।
मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र खेल्ने तास आयातमा रोक लगाइएको छ ।
SaL-aSaRa-MaSaNaTaSaMaMa-PaThaRaMa-PaRaNae-BNaThaJa-LGaeKa-SaCaNa
हेल्थपाटी
तपाईँको अभिमत