पत्ता लाग्यो - गर्भावस्थामा हुने वाकवाकी र बान्ताको कारण, उपचार के होला ?
वैज्ञानिकहरुले गर्भावस्थामा हुने सिकनेस(वाकवाकी र बान्ता)को कारण पत्ता लगाउँदै सम्भाव्य उपचारको खोजी गरेका छन् ।
भु्रणले हर्माेन उत्पादन गर्ने र सोही हर्माेनका कारण गर्भवतीहरुमा वाकवाकी लाग्ने गरेको (जसलाई हाइपरमेसिस ग्राभीडरमको नाम दिइएको छ ) पाइएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उक्त तथ्य बेलायतका बैज्ञानिकहरुको जर्नल नेचरमा प्रकाशित भएको छ ।
पेन्स्याल्भिानिया यूनिभर्सिटीका फिजियोलोजिष्ट टिटो बोर्नरले पहिलो पटक हाइपरमेसिस ग्राभीडरम(एचजी)को कारणको जरा पत्ता लागेको बताउनुभएको छ ।
क्याम्ब्रीज यूनिभर्सिटीका मेटाकोलिज्म रिसर्चर एवं अनुसन्धानको को - अथर स्टेफन ओरोहीलीले एचजीको कारण पत्ता लागेसँगै उपचार र समस्या रोकथामको बाटो पनि खुल्न सक्ने बताउनुभयो ।
भु्रणले उत्पादन गर्ने हर्माेन जीडीएफ १५ (GDF15) रहेको र उक्त हर्माेनको स्तर गर्भावस्था अधि उच्च हुने महिलाहरुमा गर्भावस्थाको पहिलो ३ महिनामा वाकवाकीको समस्या देखिने पाइएको अध्ययनमा भनिएको छ । ३ महिनापछि यो समस्या बिस्तारै कम हुँदै जान्छ ।
गर्भावस्थाअघि हाइपरमेसिस ग्राभीडरमको उच्च जोखिममा रहेका महिलाहरुलाई जीडीएफ १५ दिँदा उनीहरुलाई यो समस्याबाट जोगाउन सकिने अध्ययनको निष्कर्ष छ ।
‘जीडीएफ १५, आमा र भ्रुणलाई विषाक्त पदार्थबाट जोगाउन विकास भएको हुनसक्छ, प्रारम्भिक गर्भवस्थामा धेरै खाने जरुरी छैन ओरोहिली भन्नुहुन्छ,’ ‘आफ्नो सन्तानलाई विषक्त पदार्थबाट जोगाउन आफूले के खान्छौ भन्ने कुरामा सर्तक रहनुनै राम्रो हो ।’
अनुसन्धानले के देखाएको छ भने जीडीएफ १५, प्रोस्टेट, मूत्रासय,मिर्गाैला लगायतका अगंले कम स्तरमा उत्पादन गर्छ र मस्तिष्कमा विशेष रिसेप्टरहरुमा बाँधिएर वाकवाकी लाग्न सुरु हुन्छ ।
गर्भावस्थाको सुरुवाती समयमा यो हर्माेनको स्तर बढ्छ र वाकवाकीको समस्या निम्तन्छ । गर्भावस्थामा हुने सिकनेसको कारण अहिलेसम्म अस्पष्ट थियो । धेरै गर्भवतीलाई विहानको समयमा वाकवाकी र बान्ता हुने गरेको पाइएको छ ।
अध्ययनका अनुसार करीब ७० प्रतिशत गर्भवतीलाई वाकवाकी र बान्ताको समस्या देखिने गरेको छ । कतिपय गर्भवती यो समस्याबाट गम्भिर बिरामी हुँदा अस्पताल भर्ना गर्न पर्ने समस्या छ । वाकवाकी र बान्ताका कारण गर्भवतीको तौल घट्नुका साथै शरीरमा पानीको कम गराउँछ ।
गर्भावस्थामा वाकवाकी र बान्ता हुने कारणसम्बन्धमा भएको उक्त अनुसन्धानमा क्याम्ब्रीज यूनिभर्सिटी स्कटल्याण्ड, अमेरिका र श्रीलंकाका वैज्ञानिकहरु सहभागी रहेको उल्लेख गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत