फ्रान्सले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
अ +
अ -
काठमाण्डौ । फ्रान्स सरकारलेले नेपाललाई दिएको कोरोना महामारी विरुद्धका सामग्री नेपाल आइपुगेको छ । । स्वास्थ्य सामग्री बोकेर विशेष जहाज आज काठमाण्डौ आएको हो ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गर्नुभयो । फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो ।
स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत