आइसीयू र भेन्टिलेटरमा बिरामीको चाप
अ +
अ -
काठमाडौं । हाल देशभर ९ सय ५९ कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२८ आइसीयू र २३१ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश १ मा १०४ आइसीयू र १९ भेन्टिलेटरमा, प्रदेश २ मा ४६ आइसीयू र १२ भेन्टिलेटरमा छन् ।
बागमती प्रदेशमा ३७९ आइसीयू र १३९ जना भेन्टिलेटरमा छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा ६३ जना आइसीयू र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसीयू र २२ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आइसीयू र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत