नेपालमा भेटिए कोरोनाका दुई नयाँ भेरियन्ट, बढी संक्रामक
काठमाडौं । नेपालमा कोरोना भाइरसको ३ वटा भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको थप २ वटा नयाँ भेरियन्ट देखिएको जानकारी दिएको छ ।
अहिले भेटिएको भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेकाले थप सचेत रहन सबैलाई मन्त्रालयले अपिल गरेको छ ।
देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन सिक्विन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणा समेत गरी सकेको छ । यी दुवै भेरियन्ट भारतमा भेटिएका कोरोनाका नयाँ प्रजाति हुन् । दुवै भेरियन्टबाट महाराष्ट्र र आन्द्रप्रदेश बढी प्रभावित भएको छ । नेपालमा यसअघि बेलायतमा भेटिएको B.11.7 भेरियन्ट भेटिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत