विराट मेडिकल कलेजका नर्स पनि आन्दोलनमा, नयाँ बिरामी भर्ना बन्द
अ +
अ -
विराट मेडिकल कलेजका नर्स पनि आन्दोलनमा उत्रिएका छन् । तलब वृद्धिको माग गर्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन् ।
नर्सहरुले सरकारले घोषणा गरेको न्यूनतम तलब (पाँचौँ तह) नपाएको भन्दै शनिबार बिहानदेखि आन्दोलन सुरु गरेका हुन् ।
नर्सहरुले काम छाडेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन रोक लगाएको छ ।
अस्पतालले आकस्मिक कक्षमा समेत नयाँ बिरामी भर्ना हालका लागि बन्द गरिएको जानकारी दिएको छ ।
यसअघि मणिपाल शिक्षण अस्पताललगायतका नर्सहरूले सरकारले तोकबमोजिमको सेवा सुविधा माग गर्दै आन्दोलन सुरु गरेका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत