स्वास्थ्यकर्मीको चर्काे विरोध पछि बागमतीमा पनि स्वास्थ्य तर्फका सचिव
स्वास्थ्यकर्मीहरुको चर्काे विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा पनि स्वास्थ्य सेवा तर्फकै सचिव नियुक्त गरिने भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयमा सचिव प्रशासनतर्फको दरबन्दी प्रस्ताव गरिएको थियो । यो निर्णयसँगै अब बागमती प्रदेश स्वास्थ्य मन्त्रालय ११ औं तहका कर्मचारीले सम्हाल्ने भएका छन् ।
उपसचिवमा भने ९ र १० औं तहका प्रशासनतर्फका कर्मचारी रहने छन्। गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा.विनोद विन्दु शर्मा, लुम्बिनीमा डा.विकास देवकोटा सचिवमा नियुक्त भइसक्नुभएको छ ।
स्वास्थ्यका कर्मचारीहरुले प्रत्येक प्रदेशमा स्वास्थ्य मन्त्रालय हुनुपर्ने र त्यसको नेतृत्व स्वास्थ्य सेवातर्फको सचिवले गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । तर बागमतीमा प्रशासनतर्फका सचिवको दरबन्दी राखिएपछि उक्त प्रदेशका केही स्थानहरुमा स्वास्थ्यकर्मीहरुले कोरोना विरुद्धको खोप अभियानसमेत स्थगित गरेका थिए ।
हेल्थपाटी 
तपाईँको अभिमत